श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको संसदीय सुनुवाइ: २ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा भट्टराईले आफ्नो कार्ययोजना पेस गरेका छन् ।
केवल २ पृष्ठको कार्ययोजनामा उनले राजदूत पदलाई दुई मित्र राष्ट्रबिचको सम्बन्ध र सम्पर्कको आधिकारिक र औपचारिक सेतुको रूपमा व्याख्या गरेका छन् । द्विपक्षीय सम्बन्धलाई जीवित, सफल, सार्थक र उपलब्धिमूलक तुल्याउन आफू लागिपर्ने उनले उल्लेख गरेका छन् ।
लुम्बिनीको विकासको लागि थप आर्थिक सहयोग जुटाउन प्रयास गर्ने, बौद्धमार्गी श्रीलङ्कालीका लागि बुद्धको जन्मभूमि नेपाल, खास गरी लुम्बिनी पवित्र तीर्थस्थल भएको हुँदा बढीसेबढी सङ्ख्यामा बौद्ध धर्मावलम्वीहरुलाई नेपालको तीर्थाटन गराउन प्रचार प्रसारको माध्यमबाट उत्साहित एवम् प्रोत्साहित तुल्याउने उनले उल्लेख गरेका छन् ।
साथै लुम्बिनी, काठमाडौँ र कोलम्बोबिच नियमित हवाई उडान सञ्चालनको लागि पहल गर्ने, द्विपक्षीय व्यापार वृद्धि तथा द्विपक्षीय लगानीको वातावरण निर्माणको लागि अथक प्रयास गर्ने, विद्यमान अवस्थामा कायम रहेको व्यापार घाटा घटाउन नेपाली उत्पादन निर्यातको लागि श्रीलङ्कामा बजार खोज्ने योजना उनले सुनाएका छन् ।
दुई देशबिच नियमित रूपमा विद्यार्थी आदान–प्रदान कार्यक्रमलाई उपलब्धिमूलक ढङ्गबाट अघि बढाउन पहल गर्ने उनको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण