भृकुटीमण्डपमा शुक्रबारदेखि 'जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी' हुने
काठमाडौँ । खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गर्दै शुक्रबारदेखि 'जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी' नामक वृहत प्रदर्शनी हुने भएको छ ।
राजधानीको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा करिब ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ। हस्पिटालिटीमा होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी-प्यालेस र क्यान्टिन, किराना – पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरू; क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिइएको आयोजकको भनाइ छ ।
प्रदर्शनी भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ। साथै फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्याउन “साना व्यवसाय मार्ट” पनि सुरुवात गर्दैछ।
व्यापारको प्रचार-प्रसारका लागि यो प्रदर्शनी सबैभन्दा प्रभावकारी प्लेटफर्म भएको र यसले ३ दिनमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिने आयोजकको दाबी छ ।
जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरूलाई स्थान प्रदान गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण