खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठुलो समस्या हो : मन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरू विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठुलो समस्याका रूपमा रहेको बताएका छन् । बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
मन्त्री चौधरीले खेलाडीहरूलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरू विदेश गइरहेको बताए । उनले मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिस्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको बताए । उनले राष्ट्रिय गौरवका योजनाहरुको पूर्वाधार निर्माण कार्य सुरु भइरहेको बताए ।
मन्त्री चौधरीले कर्णाली प्रदेशका सरकारसँगको सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिरहेको बताए । सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा नेपाल पदक हासिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हासिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको उनले बताए ।
मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गरे । उनले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण