नासाले फेला पार्यो नाचिरहने ब्ल्याक होलको जोडी
बिहीबार, २७ भदौ २०८१, १६ : २५
वाशिङटन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा नाचिरहने एक जोडी ब्ल्याक होल पत्ता लगाएको छ । नासाको दुईवटा छुट्टा छुट्टै टेलिस्कोपले एक आपसको नजिकै रहेको दुई अति भीमकाय ब्ल्याक होल भेटेका हुन् ।
यी दुई ब्ल्याक होल एक अर्काबाट ३०० प्रकाश वर्ष टाढा रहेको बताइएको छ । नासाको चन्द्र एक्स–रे अब्जर्भेटरी र हबल स्पेस टेलिस्कोपले प्रकाशको फरक वेब लेन्थबाट ती दुई ब्ल्याक होल पत्ता लगाएको बताइएको छ । अन्तरिक्षको अँध्यारो रिक्त स्थानमा ब्ल्याक होल देखिन्नन् । तर यी दुई ब्ल्याकहोलबाट चम्किलो प्रकाश आइरहेको देखिएको छ ।
यी दुवैले एक अर्काको चक्कर लगाउने गरेको पाइएको छ । यसअघि भेटिएका ब्ल्याक होलहरू एक अर्काभन्दा निकै टाढा थिए । ब्ल्याक होल यति नजिक यसअघि भेटिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण