मलेसियाका सेल्टर होममा यौन शोषणको आरोप, ४०२ नाबालिगको उद्धार
क्वालालम्पुर । बुधबार मलेसियाका प्रहरीहरू सेल्टर होम (आश्रय गृहहरू)बाट ४०२ नाबालिगको उद्धार गरेको छ । यी आश्रय गृहमा नाबालक बालबालिका र किशोरकिशोरीमाथि यौन शोषण हुने गरेको आरोप लागेको छ । पीडितहरूको उमेर एक देखि १७ वर्षको बिचमा रहेको बताइएको छ । पुलिसले सेलान्गोर र नेगेरी सेम्बिलन राज्यमा यस्ता २० कल्याणकारी घरहरूमा छापा मारेको छ ।
यस मामिलामा १७१ जना संदिग्धहरूलाई पक्राउ गरिएको छ । जसमा धार्मिक गुरु र हेरचाहकर्ताहरू पनि छन् । पीडितलाई विभिन्न किसिमले यातना दिएको आरोप लागेको पत्रकारसँग कुरा गर्दै प्रहरी महानिरीक्षक राजरुद्दीन हुसेनले बताए । यिनीहरू यौन शोषणमा समेत परेको बताइएको छ ।
यी आश्रय गृहमा बालबालिकाहरूलाई धातुका वस्तु तताएर डाम्ने गरिएको अनि बिरामी परेकाहरूलाई समेत अवस्था गम्भीर नहुँदा सम्म उपचार नगराइएको बताइएको छ । यी आश्रय गृहहरू इस्लामिक सङ्गठनसँग जोडिएका छन् । अहिलेको लागि पीडितहरूलाई क्वालालम्पुर प्रहरी केन्द्रमा राखेर स्वास्थ्य परीक्षण गराइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण