साथीहरू डराएर सरकारमा नगए कांग्रेस सिद्धिन्छ भनेपछि ओलीसँग मिलेँ : सभापति देउवा
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनेपछि कांग्रेस छाडेर अन्य दलमा जानेहरू पुनः कांग्रेसमै फर्कन थालेको दाबी गरेका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ–नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले सरकारबाट पार्टी बाहिर रहे सकिन्छ भन्ने गुनासो आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाएको बताए ।
‘सहमति नेपाली कांग्रेसका साथीहरूको भावना अनुसार हो । धेरै साथीहरूले भन्नुभयो जहाँ जाँदा पनि सरकार फर्काउनु पर्छ हाम्रो पार्टी सिद्धिन्छ भन्नुभयो । ओलीजीसँग कुरा गरे अनि सकारात्मक कुरा आयो‚’ उनले भने ।
उनले एमालेसँग भएको सहमति अनुसार २ वर्ष पुगेपछि आफू प्रधानमन्त्री बन्ने लिखित सहमति भएको पनि बताए । ‘एमाले र माओवादीको सरकार हुँदा हाम्रा पार्टीका सबै साथीहरू चिन्तित र डराएका थिए‚’ उनले भने‚ ‘यसले देशभरका साथीहरूमा सुखद कुरा आएको छ सबै साथी खुसी छन् ।’
सभापति देउवाले २ पार्टीको बिचमा भएको सहमतिले अरू दल सकिने हो कि भन्ने डर नपाल्न अनुरोध गर्दै भने‚‘अरू पार्टीका साथीहरू पार्टी सिद्धिन्छ भन्ने होला हाम्रो नीति अरूलाई सिद्ध्याउने हैन‚ ओलीजीको पनि त्यस्तो कुरा हैन होला ।’
आफू उमेर लगायत अनेक कारणले रिटार्डमेन्टको बेला पुगेको भन्दै उनले कांग्रेसलाई कता लाने अबको पुस्ताले चिन्ता गर्नुपर्ने उल्लेख गरे । ‘भोलीको दिन चुनौतीपूर्ण र महत्त्वपूर्ण अवसर पनि छ । त्यसैले चुनौती र अवसर दुबैलाई मिलाएर अघि बढ्नुस्‚’ उनले भने‚‘त्यस कारण भोलीका नेताहरूलाई च्यालेन्ज गर्छु‚ काम गर्नुस् एक अर्कालाई गाली गरेर केही हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण