फ्राइडे रिलिज : बहुपतिप्रथाको कथा ‘शाम्बाला’
काठमाडौंँ । आज शुक्रबारबाट एकमात्र फिल्म ‘शाम्बाला’ प्रदर्शनमा आएको छ । थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सहभागी फिल्म फ्राइडे रिलिज परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएको हो । मीनबहादुर भाम निर्देशित फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।
फिल्मले हलमा शो समेत राम्रो पाएको छ । फिल्मको आइतबार काठमाडौँमा प्रिमियर पनि भएको थियो । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यप समेत सहभागी थिए ।
‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा फिल्ममा विषयवस्तुको रूपमा उठाएको छ । ३ जना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान्लाई खोज्न दोस्रो श्रीमान्सँग यात्रामा जाने कथामा निर्माण भएको छ ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो । फिल्म नेपालबाट अस्कर अवार्डका लागि समेत सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण