खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरूको अधिकतम प्रयोग गर्न सफल भएको भन्दै प्रशंसा गरे ।
उनले भने, ‘खेल क्षेत्र एउटा स्थान विशेष र देश विशेषको पहिचानको कुरा हो । खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ । हाम्रो सहभागिता लामो समयदेखि भएको भएपनि पदक प्राप्त गर्न सकेका थिएनौँ । तर अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौँ । खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ भन्ने विश्वास लिएका छौँ ।’
नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडी बढ्न जरुरी रहेको बताए ।
सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ ।
सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकमजम्मा गरेको कार्यक्रममा बताइएको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापकलाई २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार सो पुरस्कार दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण