संसदीय दलको बैठक
‘हिंसा’ शब्दबारे प्रचण्डः संसदमा प्रतिवादमा उत्रिन निर्देशन
शुक्रबार, २८ भदौ २०८१, १६ : ३५

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धको बद्नाम गर्ने प्रयासहरु भइरहेको भन्दै सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै सभामुखबाटै ‘हिंसा’ शब्दलाई गैरसंसदीय शब्द करार गरिनु दुःखद भएको बताए । उनले एमालेले जनयुद्धलाई हिंसा गैरसंवैधानिक कुरा गरिरहेको भन्दै संसदमा एमालेविरुद्ध सशक्त प्रतिवादमा उत्रिन समेत निर्देशन दिएका छन् ।
एमालेले जनयुद्धलाई हिंसा भनेपनि दुई दलबीच संसदमा वादविवाद हुँदै आएको छ ।