उपसभामुख हटाउने निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेबारे निष्कर्षमा नपुगेको बताएका छन् । शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए ।
पत्रकारले सोधेको प्रश्न दिँदै महासचिव पोखरेलले भने, ‘यसमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नमा उहाँको पार्टी र उहाँ स्वयंले स्पष्ट गर्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘उहाँका विषयमा उठेका कुरा सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ । यद्यपि अहिले जसरी चर्चामा आइरहेका विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’
उनले यो संसद्को मामिलाको विषय भएको पनि प्रस्ट पारे । संसद्लाई कति मर्यादित बनाउने भन्ने संसद् र दलहरूले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहने पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण