भलिबलकी कविता भट्टलाई पिपल्स च्वाइस अवार्ड
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । पिपल्स च्वाइस विधाको विजेता उनले पल्सर एनएस ४०० मोटरसाइकल पुरस्कार पाइन् ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा पिपल्स च्वाइस अवार्डका लागि उनी मनोनयनमा परेकी थिइन् । उनले पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।
पिपल्स च्वाइस विधाका लागि फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।
यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिएको हो ।
उनले कुल खसेको मतको ५६ प्रतिशत प्राप्त गर्दै विजेता बनेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण