कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिन सञ्चालनमा
सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा एमआरआई सेवा विस्तार भएको छ। शुक्रवार मुख्यमन्त्री यामलाल कँडेलले एमआरआई मेसिनको उद्घाटन गरेसँगै उक्त सेवा विस्तार भएको हो।
उक्त मेसिन थ्री टेस्ला (६४ च्यानल) को हो । मेसिन खरिद गरेको लामो समय भए पनि सञ्चालनमा आउन सकेको थिएन। यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार हुँदै आएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ । आवश्यक परेको खण्डमा २४ सै घण्टा सेवा दिन अस्पताल तयार रहेको उनले बताए।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताललाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । पाँच वर्ष ग्यारेन्टी भएको उक्त मेसिन नेपाली २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको थियो ।
प्रदेश अस्पतालका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि हो । यसले स्नायु, मेरुदण्ड, हाड जोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश अस्पतालका आगामी संरचना विकास र सञ्चालनबारे यो क्षेत्रका विज्ञसँग छलफल गरी अध्ययनपछिको यथार्थ रिपोर्टका आधारमा प्रदेश सरकार अघि बढ्ने बताए ।
उनले भने, ‘तथ्यले जे बताउँछ सो आधारमा काम गर्न हामी अघि बढ्नेछौँ । गर्नैपर्ने काममा सामूहिक निर्णय गर्न सबै तयार हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण