अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ साता गाउँमा रहेको बलभद्र निम्न माध्यमिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो ।
बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहीबार र बुधवार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले बताए । याङ्गुबाट विद्यालय जानेबिच क्षेत्रको बाटो भत्किएको हो ।
विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो । आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो ।
पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन् । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ । विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उनले बताए । पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण