यागी आँधीपछि म्यानमारमा भीषण बाढी, दुई लाख ३० हजारभन्दा बढी घर छाड्न बाध्य
म्यानमार । यागी आँधीपछि म्यानमारमा भीषण बाढी आएको छ । अधिकारीहरूका अनुसार यस बाढीका कारण करिब दुई लाख ३० हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार देशको सत्तारुढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता माग गरेको छ । राजधानी नेपिडाउ बाढी प्रभावित क्षेत्र मध्ये एक हो। म्यानमारको सेनाले भने, ‘बाढीका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ । सरकारी पत्रिका ‘न्यु लाइट अफ म्यानमार’ ले घरबारविहीन भएका बाढी पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ।
यस वर्ष भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि एसियाकै शक्तिशाली आँधी यागीबाट प्रभावित भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार जुन्टा प्रमुख जनरल मिन आङ ह्लिङ र अन्य अधिकारीहरूले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्। उनले उद्धार र राहत कार्यको पनि निरीक्षण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण