बैंकिङ प्रणालीमा भएको १ खर्ब तान्दै राष्ट्र बैंक
आइतबार, ३० भदौ २०८१, १२ : ३७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अत्यधिक निक्षेप भएको र कर्जाको माग सुस्त भएपछि राष्ट्र बैंकले लगातार बजारको पैसा खिचिरहेको छ ।
गएको बिहीबार मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिचेको थियो । निक्षेप संकलनको उपकरण प्रयोग गरेर बोलकबोलमार्फत आज फेरि केन्द्रीय बैंकले १ खर्ब रुपैयाँ तान्न लागेको हो ।
यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ राख्न सक्नेछन् । यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज २० गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसमा वित्तीय संस्थाले आफूले राख्न चाहेको पैसा र ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण