राजीनामा दिन्छु भन्ने केजरीवालको घोषणा ‘पीआर स्टन्ट’
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेका छन् । उनको यो घोषणालाई भारतीय जनता पार्टी (भाजपा) ले पीआर स्टन्ट भनेको छ । ‘यो अरविन्द केजरीवालको पीआर स्टन्ट हो, उनले बुझेका छन् कि दिल्लीका जनतामा उनको छवि कट्टर इमानदार नेताको नभएर कट्टर भ्रष्ट नेताको भएको छ’ भाजपाका प्रवक्ता प्रदीप भण्डारीले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।
‘आज आम आदमी पार्टीलाई देशभर कट्टर भ्रष्ट पार्टीको रूपमा चिनिन्छ । यस पीआर स्टन्टको माध्यमबाट उनी आफ्नो हराएको छवि पुनः प्राप्त गर्न चाहन्छन् । तर आज दिल्लीका जनताका अगाडि तीनवटा कुराको फैसला भएको छ । पहिले कुरा अरविन्द केजरीवाल मसँग बैंक ब्यालेन्स शून्य छ भन्छन् । त्यसो हो भने उनले यति ठुलो सिसमहल कसरी बनाए ?’ भण्डारीले भनेका छन् ।
‘दोस्रो कुरा केजरीवाल भन्छन् कि म दिल्लीका जनताको बीचमा जानेछु अनि त्यतिबेलासम्म अरू कसैलाई मुख्यमन्त्री बनाउँछु । जसको अर्थ उनी सोनिया गान्धीको मोडल अपनाउन चाहन्छन् भन्ने स्पष्ट छ ।
तेस्रो, आम आदमी पार्टीले दिल्ली चुनाव हारेको छ र दिल्लीका जनताले उनको नाममा भोट दिँदैनन् भन्ने कुरा उनले बुझिसकेका छन् । त्यसैले उनी अरू कसैलाई बलिको बोका बनाउन चाहन्छन्’ उनले भनेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण