यागी समुद्री आँधीका कारण म्यानमारमा ७४ जनाको मृत्यु
आइतबार, ३० भदौ २०८१, १४ : १६

नेपिड । म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । कयौँ अझ बेपत्ता रहेको बताइएको छ । यागीसँग आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परेर जाँदा ठुलो सङ्ख्यामा हताहत भएको त्यहाँको सरकारी सञ्चार माध्यमले आइतबार भनेको छ ।
बाढीका कारण ४५० गाउँ र वडा डुबानमा परेको म्यानमार न्युज एजेन्सी (एमएनए)ले भनेको छ । बेपत्ता ८९ जनको खोजीकार्य र उद्धारको काम भइरहेको बताइएको छ । आँधीका कारण ६५ हजार घर ध्वस्त भएको एमएनएले भनेको छ ।
यागी यसवर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । यसले दक्षिण चीनदेखि फिलिपिन्स र भियतनाम हुँदै म्यानमारमा उत्पात मच्चाएको छ ।
भियतनाममा यो आँधीका कारण मर्नेको संख्या २२६ पुगेको थियो । गत हप्ता थाइल्यान्डमा पनि ९ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला