यागी समुद्री आँधीका कारण म्यानमारमा ७४ जनाको मृत्यु
आइतबार, ३० भदौ २०८१, १४ : १६
नेपिड । म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । कयौँ अझ बेपत्ता रहेको बताइएको छ । यागीसँग आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परेर जाँदा ठुलो सङ्ख्यामा हताहत भएको त्यहाँको सरकारी सञ्चार माध्यमले आइतबार भनेको छ ।
बाढीका कारण ४५० गाउँ र वडा डुबानमा परेको म्यानमार न्युज एजेन्सी (एमएनए)ले भनेको छ । बेपत्ता ८९ जनको खोजीकार्य र उद्धारको काम भइरहेको बताइएको छ । आँधीका कारण ६५ हजार घर ध्वस्त भएको एमएनएले भनेको छ ।
यागी यसवर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । यसले दक्षिण चीनदेखि फिलिपिन्स र भियतनाम हुँदै म्यानमारमा उत्पात मच्चाएको छ ।
भियतनाममा यो आँधीका कारण मर्नेको संख्या २२६ पुगेको थियो । गत हप्ता थाइल्यान्डमा पनि ९ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण