अझै सुरु हुन सकेन प्रतिनिधि सभा बैठक‚ प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
काठमाडौँ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक हालसम्म बस्न सकेको छैन ।
सभामुख देवराज घिमिरेले हिंसा शब्दमा दिएको रुलिङ नमान्ने अडानबाट प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र पछाडि नहट्ने बताएको छ । सोही कारण बैठक बस्न नसकेको हो ।
संघीय संसद् सचिवालयका अनुसार सदन चलाउने विषयमा सभामुख देवराज घिमिरेले उपसभामुखसहित दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
‘छलफलमा विषय मिलेन भने सूचना टाँस गरेर बैठक स्थगन हुन सक्छ‚’ सचिवालयले भन्यो ।
आइतबार बिहान सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा पनि विषय मिल्न सकेको थिएन । त्यसपश्चात् बसेको माओवादीको अनौपचारिक बैठकले सदन अवरोध गर्ने निर्णय गरेको थियो ।
भदौ १२ मा बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए । त्यस विषय रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग थियो ।
तर‚ सभामुखले हिंसा शब्द नहटाउने रुलिङ बिहीबार गरेपछि माओवादी आक्रोशित हुँदै सभामुखको रुलिङ नमान्ने अडान लिएको छ ।
प्रतिनिधि सभा बैठक सञ्चालन नियमावली अनुसार निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नुपर्ने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण