मेटमणिले बुझाए स्पष्टीकरण : भने–बोल्दा जिब्रो चिप्लियो, क्षमा चाहन्छु
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिको पार्टीलाई स्पष्टीकरण दिएका छन् ।
पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई २७ भदौमा तीन दिनभित्र लिखित स्पष्टीकरण सोधेका थिए ।
आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् । ‘मेरो आशय त्यस्तो होइन । म आफै रहेर संसदबाट पारित भएको चुच्चे नक्साविरुद्ध उभिने कुरै भएन’, चौधरीको स्पष्टीकरण उधृत गर्दै पार्टी कार्यालयका सचिव समेत रहेका रामकुमार भट्टराईले भने, ‘त्रुटि भएको भए क्षमयाचना चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु र रहन्छु ।’
चौधरीले केही दिन पहिला कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग भारतको हक लाग्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
चौधरीले स्पष्टीकरण दिएपछि उनलाई पार्टीले सफाइ दिने तयारी गरेको एक नेताले बताए । ‘कहिलेकाहीँ बोल्दा जिब्रो चिप्लिनु स्वाभाविक हो । उहाँले गल्ती भयो भनेर महसुस समेत गरिसक्नुभयो । अव उहाँलाई सफाइ दिँदा नै राम्रो हुन्छ भन्ने छ’, ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण