मेटमणिले बुझाए स्पष्टीकरण : भने–बोल्दा जिब्रो चिप्लियो, क्षमा चाहन्छु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिको पार्टीलाई स्पष्टीकरण दिएका छन् ।
पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई २७ भदौमा तीन दिनभित्र लिखित स्पष्टीकरण सोधेका थिए ।
आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् । ‘मेरो आशय त्यस्तो होइन । म आफै रहेर संसदबाट पारित भएको चुच्चे नक्साविरुद्ध उभिने कुरै भएन’, चौधरीको स्पष्टीकरण उधृत गर्दै पार्टी कार्यालयका सचिव समेत रहेका रामकुमार भट्टराईले भने, ‘त्रुटि भएको भए क्षमयाचना चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु र रहन्छु ।’
चौधरीले केही दिन पहिला कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग भारतको हक लाग्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
चौधरीले स्पष्टीकरण दिएपछि उनलाई पार्टीले सफाइ दिने तयारी गरेको एक नेताले बताए । ‘कहिलेकाहीँ बोल्दा जिब्रो चिप्लिनु स्वाभाविक हो । उहाँले गल्ती भयो भनेर महसुस समेत गरिसक्नुभयो । अव उहाँलाई सफाइ दिँदा नै राम्रो हुन्छ भन्ने छ’, ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश