समुद्री आाँधीले ल्याएको भीषण बाढीमा परेर म्यानमारमा सयभन्दा बढीको मृत्यु

यङ्गुन । म्यानमारमा समुद्री आँधी यागीले ल्याएको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीमा परेर एक सयभन्दा बढीको मृत्यु भएको छ । म्यानमारको सत्तारुढ सेनाका प्रवक्ता जाव मिन टुनले आइतबार भने ११३ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । अरु ६४ जना बेपत्ता रहेको भनिएको छ । स्थानीय रिपोर्टलाई विश्वास गर्ने हो भने मृत्यु हुनेको यो संख्या बढी हुनसक्ने आकलन गरिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार ३ लाख २० हजारभन्दा बढी मानिसले अस्थायी आश्रयस्थलमा शरण लिइरहेका छन् । यागी यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो । म्यानमार भन्दा पहिले यो आँधीले भियतनाम, लाओस, फिलिपिन्स र दक्षिणी चीनमा उत्पादत मच्चाएको थियो । म्यानमार पुग्नुअघि नै यो आँधीका कारण भियतनाममा २८७ जनाको ज्यान गएको थियो । भियतनाम पुगेपछि आँधीको प्रभाव कम भए पनि दक्षिण–पूर्वी एसियामा पहिरो गइरहेको छ ।
म्यानमारको सरकारी मिडियाका अनुसार शुक्रबार साँझसम्म आँधीले करिब ६६ हजार घर ध्वस्त पारेको छ । यसबाहेक करिब ३ सय ७५ विद्यालय र एउटा बौद्ध गुम्बामा पनि क्षति पुगेको छ । कैयौं किलोमिटर सडक बगेका छन् भने अन्य धेरै भवनहरूमा पनि ठूलो क्षति पुगेको छ । शुक्रबार दुई लाख ३० हजारभन्दा बढीलाई १८७ वटा राहत शिविरमा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?
-
हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा
-
प्रशासनमा पुग्यो न्यायपालिका अधिकृत समाजको विवाद