प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिन माओवादी सकारात्मक
काठमाडौँ । सोमबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेका छ ।
तर संसद्मा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै माओवादीले संसद् अवरोध गर्दै आएको छ । तर आजको बैठकमा आफ्ना भनाइ राखेर संसद् अवरोध खुलाउन माओवादी सकारात्मक देखिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले सदनमा आफ्ना कुरा राखेर प्रधानमन्त्रीको सम्बोधनमा अवरोधन नगर्ने सङ्केत गरे ।
‘संसद् अवरोधन नगर्ने भनेर सहमति भएको छैन । हामी हाम्रा कुरा संसद्मा राख्छौँ’, छोटो प्रतिक्रिया दिँदै उनले भने ।
यस्तै माओवादीका सांसद सुदन किरातीले जिम्मेवारी बहन गर्दै संसद्मा आफ्ना कुरा राखेर प्रधानमन्त्रीलाई बोल्न दिन सकारात्मक भएको बताए । संसद्को बैठक आजै राति १२ बजेपछि बन्द हुने गरी मन्त्रिपरिषद्ले सिफारिस गरिसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण