स्वास्थ्य मन्त्रालयमा एक वर्षमा ६०२ वटा उजुरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।
यो उजुरी गत वर्ष अख्तियार आयोगमा परेको उजुरीमध्ये ५.८३ प्रतिशत हो । आयोगमा संघीय मन्त्रालयविरुद्ध १२ हजार ६२३ वटा उजुरी रहेका छन् । सोमध्ये ३ हजार १३१ उजुरी अघिल्लो वर्षका उजुरी सरिएको र ९ हजार ३९२ उजुरी गत वर्ष परेका थिए ।
यस्तै, गृह मन्त्रालयविरुद्ध ९.९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयविरुद्ध ९.६९, अर्थ मन्त्रालयविरुद्ध ५.९७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयविरुद्ध ४.०१, पर्यटन मन्त्रालयविरुद्ध ३.५०, सञ्चार मन्त्रालयविरुद्ध ३.३४ प्रतिशत उजुरी परेको सो प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, उद्योग मन्त्रालयविरुद्ध २.२२ र अन्य मन्त्रालय तथा निकायविरुद्ध ३३.६५ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन