हिमाल र समुन्द्रका बारेमा विश्वको ध्यानाकर्षण गराउँछौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालका आफ्ना नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन असोज ४ गते त्यसतर्फ जान लागेको संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । उनले त्यहाँ नेपाल सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र देश भएको भन्दै सोही कुराको जानकारी गराउने पनि बताए । ‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, असल छिमेकीको रूपमा छिमेक सम्बन्ध राख्न चाहन्छ । छुद्र र अहित होइन । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ’, ओलीले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलनका सिद्दानतहरु र आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्नेछौ ।’
उनले नेपालको आन्तरिक विषय राष्ट्र संघमा लगेर नछर्ने भन्दै राष्ट्रका चुनौती र अभिभाराहरूमा छलफल हुने बताए । उनले संयुक्त राष्ट्रसंघमा सामान्य छलफल नभएर अलि गम्भीर छलफलहरू हुने बताए । उनले मानव जाति र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने भनेर बालबालिका र वातावरणका पक्षमा सहकार्यबारे छलफल हुने भएकाले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्ने बताए । साथै उनले समुन्द्रको सतह बढेको विषय र वातावरणीय विषयमा हिमाल र समुन्द्रको इकोसिस्टमका बारेमा छलफल हुने पनि बताए । हिमालमा हिउँ पग्लिएर परेको प्रभावका बारेमा विश्वलाई प्रभाव परिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालसहित अन्य देशले भोगेको ड्रग्सकाबारेमा समेत नेपालले गम्भीर रूपमा ध्यानाकर्षण गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण