संसद् बैठक
नेपालको शिर निहुरिने कुनै काम गर्दिन : प्रधानमन्त्री
सोमबार, ३१ भदौ २०८१, १४ : ४३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्र संघको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘म नेपालको शिर ढल्नेगरी,नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनैपनि हिसाबले प्रभाव, प्रतिष्ठा, सरोकार तल नपर्नेगरी काम गर्दिन’, प्रधानमन्त्रीको भनाइ छ । उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण