लाइभ डिबेटमा प्रतिस्पर्धी उम्मेदवारको टाउकोमा बज्रियो कुर्सी
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा टेलिभिजनमा मेयरका प्रत्याशीहरूबिचको बहस प्रत्यक्ष प्रसारण भइरहँदा एक उम्मेदवारलाई अर्को उम्मेदवारले कुर्सीले हानेका छन् । आइतबारको बहसमा ६ जना प्रत्याशी सहभागी भएका थिए । यस क्रममा जोस लुइज डाटेनाले अर्का प्रतिस्पर्धी उम्मेदवार पाब्लो मार्कललाई आक्रमण गरे ।
पेशाले डाटेना टिभी प्रस्तोता हुन् भने मार्कल कट्टर दक्षिणपन्थी नेता । बहस अघि डाटेनाले थर्काएको जसरी आफूलाई कुट्न नसक्ने भन्दै मार्कलले उनलाई उक्साएका थिए । धम्की दिए जसरी हिर्काउन सक्ने गरी डाटेना पुरुष नभएको मार्कलको अभिव्यक्ति पछि यो घटना भएको हो । सन् २०१९ मा डाटेनाविरुद्ध एक महिला सहकर्मीले यौन दूरव्यवहारको उजुरी दिएकी थिइन् ।
तर पछि उनले सो उजुरी फिर्ता पनि लिइन् । बहस अघि मार्कलले सो आरोपको कुरा कोट्याएपछि डाटेनाले उनलाई ठोक्छु भनेर थर्काएका थिए । आइतबार झगडाका क्रममा डाटेनाले कुर्सीले मार्कलको काँधमै हाने । करङ्गमा चोट लागेपछि मार्कल अस्पताल जानु पर्यो । डाटेनालाई पनि बहसबाट बर्खास्त गरियो । त्यसपछि बाँकी उम्मेदवारबिच मात्रै बहस गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण