दसैँमा खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुटमा पाइने
काठमाडौँ । सरकारले यो वर्षको दसैँमा जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको छ । दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
घटस्थापनाको अघिल्लो दिनसम्म खसीबोका तथा च्याङ्ग्रा ल्याइसक्ने कम्पनीले जनाएको छ । अहिले खरिद प्रक्रिया सुरु भएको कम्पनीकी प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् ।
‘खरिद गरिसकेपछि मात्रै कति मूल्यमा बिक्री गर्ने थाहा हुन्छ । तर खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गर्ने छौँ,’ उनले भनिन् ।
यस्तै गत वर्षको तुलनामा यो वर्ष च्याङ्ग्राको मूल्य बढ्न सक्ने पौडेलले बताइन् ।
गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । गएको दसैँमा खसी प्रतिकिलो ६७० तोकिएकोमा २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङग्रा प्रतिकिलो १२५० बाट प्रतिकिलो १२२५ रुपैयाँ कायम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण