वातावरणीय सन्तुलनमा गम्भीर रहन मुख्यमन्त्री लामाको जोड
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरणबिच निकै घनिष्ठ सम्बन्ध रहेकोले बताएका छन् । वातावरणीय सन्तुलन कायम गरी मानवसँगको अन्तरसम्बन्धमा गम्भीर रहनुपर्ने उनले बताए ।
मंगलबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौंडा उपमहानगरपालिका–९ स्थित दिव्य बाल उद्यानमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री लामाले वातावरण संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताए ।
पछिल्लो समय वन जंगल विनाश हुने क्रम दिनप्रति दिन बढ्नाले वातावरण प्रभावित भएको र त्यसबाट मानवलाई प्रत्यक्ष असर गरिरहेको उनको भनाई छ । वातावरण सन्तुलनसँगै आर्थिक समृद्धिमा वन तथा वातावरण क्षेत्रलाई समेट्ने गरी दिगो वन व्यवस्थापनमा प्रदेश सरकार अघि बढेको उनले बताए ।
उनले पछिल्लो समय अव्यवस्थित बसोबास, जंगलको भू–माग अतिक्रमण, लगायतका कारणले वातावरणमा असन्तुलन पारिरहेको बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज लामिछानेले वातावरण संरक्षणको निम्ति हाल भएका वन जंगलको संरक्षण तथा दिगो व्यवस्थापनमा जुट्नुपर्ने बताए । खुल्ला क्षेत्रहरूमा वृक्षारोपण गरेर वातावरण सन्तुलनमा काम गर्नुपर्ने उनको भनाई छ । वातावरणीय सन्तुलन कायम रहे मानवीय अस्थित्व रहने उनले बताए । वन विनाश र वातावरण असन्तुलनले मानवीय अस्थित्व नै संकटमा पर्ने अवस्था सृजना भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण