च्याम्पियन्स लिग फुटबल : एन्जलको नाममा लेखियो नचाहेको कीर्तिमान

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लिग चरण मंगलबार रातिदेखि सुरु भएको छ । पहिलो दिनको खेलका क्रममा फ्रान्सेली क्लब लिलेका मिडफिल्डर एन्जल गोम्सको नाममा एउटा खराब कीर्तिमान लेखिन पुगेको छ ।
२४ वर्षीय मिडफिल्डर एन्जल जारी सिजनको च्याम्पियन्स लिगमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिने पहिलो खेलाडी बनेका छन् । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनविरुद्धको खेलका क्रममा उनले पहिलो हाफमै दुईवटा पहेँलो कार्ड पाएका थिए ।
खेल सुरु भएको २१औँ मिनेटमा उनले पहिलो कार्ड पाएका थिए । त्यसपछि पहिलो हाफको खेल सकिनुभन्दा पाँच मिनेटअघि दोस्रो पहेँलो कार्ड पाउँदै उनी मैदानबाट बाहिरिएका थिए । उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् ।
एन्जल मैदानबाट बाहिरिएपछि लिले १० खेलमा समेटिएको थियो । उक्त खेलमा स्पोर्टिङ लिस्बनले लिलेलाई २–० गोलले हराएको थियो । स्पोर्टिङ लिस्बनका लागि ३८औँ मिनेटमा भिक्टार र ६५औँ मिनेटमा जेनो डेबास्टले एक–एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल