कार्यदलले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाउँदै
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बुधबार बुझाउने भएको छ । कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी रहेको कार्यदल सदस्य तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘मस्यौदा तयार भएको छ । अहिले केहीबेरमा प्रधानमन्त्रीलाई बुझाउने तयारी हुँदैछ’, डा.महतले भने, ‘कांग्रेस एमालेबिच भएको सात बुँदे सहमति अनुसार नै न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनेको छ ।’
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिएको थियो ।
सरकारको साझा न्यूनतम कार्यक्रम धेरै लामो नभएको डा.महतले जानकारी दिए । उनले आफूहरू न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाउन सिंहदरबार जान लागेको बताए ।
‘कार्यक्रम धेरै लामो छैन । सात बुँदे सहमतिको केही व्याख्यासहित कार्यक्रमहरू समेटिएको छ’, महतले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण