दसैँ बजार
प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय
बिहीबार, ०३ असोज २०८१, १३ : ४१
काठमाडौँ । दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो ।
कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।
मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण