लेबनानमा पड्किएको वाकी टकीबारे जापानी कम्पनीले दियो स्पष्टीकरण
बेरुत । लेबनानमा बुधवार एकपछि अर्को गर्दै कैयौँ विस्फोट भयो । यी विस्फोटहरू वाकी टकीमा भएको थियो । वाकीटकीमा भएका यी विस्फोटपछि अब यसलाई बनाउने जापानी कम्पनी आइकमले स्पष्टीकरण दिएको छ ।
विस्फोट भएका वाकी टकीका मोडल आफूले १० वर्षअघि नै उत्पादन गर्न बन्द गरेको कम्पनीले भनेको छ । मोडल आईसी–वी ८२ लाई कम्पनीले सन् २००४ देखि सन् २०१४ को बीचमा मध्यपूर्वी देशमा निर्यात गर्ने गरेको थियो ।
तर सन् २०१४ देखि यसको निर्यात बन्द भएको छ । यसको ब्याट्री उत्पादन पनि बन्द गरिसकेको बताइएको छ । जुन मेसिनमा विस्फोट भएको हो । ती मेसिन हामीले पठाएको हो वा वितरकमार्फत पठाइएको हो भन्न गाह्रो भएको कम्पनीले जनाएको छ ।
लेबनानमा मङ्गलवार हजारौँ पेज पड्किएका थिए । यी घटनामा १२ जनाको मृत्यु भएको थियो । त्यसको ठिक एक दिनपछि बुधवार लेबनानमा फेरि शृङ्खलाबद्ध विस्फोट भयो । तर यसपटक विस्फोट वाकी टकीमा भएको थियो ।
वाकी टकीमा भएका यी शृङ्खलाबद्ध विस्फोटहरूमा अहिलेसम्म २० जनाको ज्यान गएको छ । अरू ४५० भन्दा बढी घाइते भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण