लेबनानमा पड्किएको वाकी टकीबारे जापानी कम्पनीले दियो स्पष्टीकरण

बेरुत । लेबनानमा बुधवार एकपछि अर्को गर्दै कैयौँ विस्फोट भयो । यी विस्फोटहरू वाकी टकीमा भएको थियो । वाकीटकीमा भएका यी विस्फोटपछि अब यसलाई बनाउने जापानी कम्पनी आइकमले स्पष्टीकरण दिएको छ ।
विस्फोट भएका वाकी टकीका मोडल आफूले १० वर्षअघि नै उत्पादन गर्न बन्द गरेको कम्पनीले भनेको छ । मोडल आईसी–वी ८२ लाई कम्पनीले सन् २००४ देखि सन् २०१४ को बीचमा मध्यपूर्वी देशमा निर्यात गर्ने गरेको थियो ।
तर सन् २०१४ देखि यसको निर्यात बन्द भएको छ । यसको ब्याट्री उत्पादन पनि बन्द गरिसकेको बताइएको छ । जुन मेसिनमा विस्फोट भएको हो । ती मेसिन हामीले पठाएको हो वा वितरकमार्फत पठाइएको हो भन्न गाह्रो भएको कम्पनीले जनाएको छ ।
लेबनानमा मङ्गलवार हजारौँ पेज पड्किएका थिए । यी घटनामा १२ जनाको मृत्यु भएको थियो । त्यसको ठिक एक दिनपछि बुधवार लेबनानमा फेरि शृङ्खलाबद्ध विस्फोट भयो । तर यसपटक विस्फोट वाकी टकीमा भएको थियो ।
वाकी टकीमा भएका यी शृङ्खलाबद्ध विस्फोटहरूमा अहिलेसम्म २० जनाको ज्यान गएको छ । अरू ४५० भन्दा बढी घाइते भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता
-
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ