'वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै
काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ ।
पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्रायसहित शनिवार उक्त कार्यक्रम हुन लागेको हो ।
नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा विहान १० बजे देखि शुरु हुने कार्यक्रम विशेषत: कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थीको विषयमा केन्द्रित रहने छ ।
वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् । अभिनेता राजेश हमाल प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधारसहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल रहने आयोजकको भनाइ छ । यसैगरी हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरुसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सो क्रममा सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण