रौतहटमा सुरुङ खनेर चोर्ने युवक पक्राउ
काठमाडौँ । रौतहटमा सुरुङ खनेर चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ श्रीपुर घर भएका ३० वर्षीय जिआउल हक छन् ।
आरोपीलाई गौर नगरपालिका वडा नम्बर–३ स्थित बडहर्वा पुल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले रातोपार्टीलाई बताइन् । पछिल्लो ३ महिनाको बिचमा उनले सुरुङ खनेर घरभित्र प्रवेश गरेर चोर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दुर्गाभवानी गाउँपालिका वडा नम्बर–५ स्थित बडहर्वा टोलमा चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण शाहको घरमा सुरुङ खनेर उनले गहना, नगद र मोबाइल चोरेका हुन् ।
रातको समयमा एक्लै सुरुङ खनेर घरमा कोही नभएको मौका पारेर उनले चोर्ने गरेको डीएसपी गिरीले जानकारी दिइन् । चोरीको फोन उनको पत्नीको साथमा भेटिएको छ । गर्भवती पत्नीको साथबाट प्रहरीले मोबाइल बरामद गरेपछि उनले भने, ‘पत्नीसँग मेरो सम्बन्ध नै छैन ।’
रातको समयमा मानिसहरू सुतिरहेको बेलामा पनि उनले सुरुङ खन्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण