नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने
लस एन्जलस । नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
नासाका अन्तरिक्ष यात्री निक र रोसकोमसका अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ ‘स्पेसएक्स क्रु–९ मिसन’ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा प्रक्षेपण गर्ने तयारी गरिरहेको नासाले जनाएको छ ।
यो उडान नासाको कमर्शियल क्रु प्रोग्रामअन्तर्गत स्पेसएक्स सँगको नौ चालक दल रोटेशन मिसन हो ।
दुई अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट ‘स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान’बाट अन्तरिक्षमा जाने कार्यक्रम रहेको छ ।
नासाका अनुसार क्रु–९ ले तल्लो पृथ्वीको कक्षभन्दा बाहिर मानव अन्वेषणको लागि तयारी गर्न र पृथ्वीमा मानवतालाई फाइदा पुर्याउन नयाँ वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ ।
जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट आइएसएस पुगेका नासा अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्स हेग र गोर्बुनोभसँगै पृथ्वीमा फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण