भक्तपुरमा कार दुर्घटना, सात जना घाइते
शनिबार, ०५ असोज २०८१, २२ : २६
भक्तपुर । नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार आज साँझ दुर्घटना हुँदा सातजना घाइते भएका छन् । नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नंको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।
झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको नाम र ठेगाना अझै आउन बाँकी रहेको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण