अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन
काठमाडौँ । नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन् । उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए ।
सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिइएको डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । उनले भने, ‘निवेदन फिर्ता लिएका छौँ ।’ प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण