बागमती प्रदेशसभामा ३ विधेयकको प्रतिवेदन पेस

हेटौँडा । बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका २ र उद्योग पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको प्रतिवेदन पेस भएको हो ।
बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् ।
उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयकका प्रतिवेदनहरू माथि सोमबार बसेको बैठकमा छलफल पछि पारित हुनेछ ।
बैठकमा एमाले सांसद केशवप्रसाद पोखरेलले ध्यानाकर्षण प्रस्ताव पेस गरेका थिए । उनले विुद्युतीकरण सम्बन्धी विषयमा पेस गरेको ध्यानाकर्षण प्रस्ताव माथि सभामुख भुवन पाठकले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने