बागमती प्रदेशसभामा ३ विधेयकको प्रतिवेदन पेस
हेटौँडा । बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका २ र उद्योग पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको प्रतिवेदन पेस भएको हो ।
बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् ।
उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयकका प्रतिवेदनहरू माथि सोमबार बसेको बैठकमा छलफल पछि पारित हुनेछ ।
बैठकमा एमाले सांसद केशवप्रसाद पोखरेलले ध्यानाकर्षण प्रस्ताव पेस गरेका थिए । उनले विुद्युतीकरण सम्बन्धी विषयमा पेस गरेको ध्यानाकर्षण प्रस्ताव माथि सभामुख भुवन पाठकले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण