विदेश भाग्दै थिए छविलाल : कास्की प्रहरी
आइतबार, ०६ असोज २०८१, २२ : ४५
_tLE6JkIQoN.jpg)
पोखरा । आइतबार काठमाडौँबाट पक्राउ परेका छविलाल जोशी विदेश भाग्न लागेका कास्की प्रहरीले जनाएको छ । जोशीलाई शंखमुलबाट पक्राउ गरेर बुद्ध एयरको जहाजबाट राति नै पोखरा ल्याइएको छ । कास्की प्रहरीका अनुसार उनी विदेश भाग्न लागेका थिए ।
तर कुन देश भन्ने प्रहरीले खुलाएको छैन । ‘जोशी भागी विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो,’ प्रहरीले भनेको छ ।
जोशी सूर्य दर्शन वचत तथा ऋण सहकारीको संस्थापक सदस्य थिए भने गोर्खा मिडियाको पनि सञ्चालक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?