धनगढी उपमहानगरमा साढे ३८ करोडको लागतमा आधुनिक पार्क बन्ने
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १ मा साढे ३८ करोडको लागतमा आधुनिक पार्क बन्ने भएको छ ।
हालको दशरथ भीम उद्यानलाई आधुनिक पार्कको रूपमा विकास गरिने भएको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पार्कको डीपीआर तयार गरी धनगढी उप–महानगरपालिकाले विभिन्न दातृ निकायहरूसँग उक्त पार्क निर्माणका लागि प्रस्ताव पेस गरे बमोजिम हाल सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीद्वारा पहिलो चरणको काम अगाडि बढाएको जानकारी दिए ।
पहिलो चरण अन्तरगत सो पार्कको ब्लक १ देखि ब्लक ७ सम्मको भौतिक संरचना निर्माणको लागि ६ करोड ४६ लाख ८८ हजार ६१२ बराबर ठेक्का सम्झौता गरिएको नगरप्रमुख हमालले बताए ।
पार्कको कूल लागत करिब ३८ करोड ५० लाख अनुमान गरिएको छ ।
पार्कलाई ४ भागमा विभाजन गरी निर्माण थालिएको छ । जसअन्तर्गत बच्चा, वृद्ध, वयस्क र व्यापारिक क्षेत्र विभाजन गरिने बताइएको छ । साथै उक्त क्षेत्रको बाहिरी भागलाई पनि व्यवस्थापन गरी रात्रिकालीन बजार सञ्चालन गर्ने उपमहानगरको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण