नेपाली कृषि उत्पादन भारतमा पुर्याउनका लागि सहजीकरण गर्न मन्त्री अधिकारीको आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो ।
मन्त्री अधिकारीले नेपाल–भारत सम्बन्धहरू मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तहरूमा आधारित रहेका स्मरण गरे । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागिपरेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोगको अपेक्षा राखेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूलाई भारतीय बजारमा सहज पहुँच पुर्याउन सहजीकरणका लागि उनले आग्रह गरे । ‘यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ,’ मन्त्री अधिकारीले भने ।
सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुवै देशबिचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याउँदै मन्त्री अधिकारीले खोरेँत साथै विभिन्न पक्षी फ्लुजस्ता रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातको लागि सीमा क्षेत्रमा थप क्वारेनटाइन व्यवस्थाहरू मजबुत बनाउन एकीकृत उपाय अपनाउन पर्नेमा जोड दिएका छन् ।
नेपालमा रासायनिक मलको सहज आपूर्तिका लागि भारत सरकारबाट आगामी दिनमा पनि निरन्तर सहयोगका लागि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण