हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
सोमबार, ०७ असोज २०८१, २१ : २०
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालयका जनकपुरका एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा समिति गठन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । समितिमा एसपी बोहरा र इनस्पेक्टर सन्दीप यादवसहित ५ जना सदस्य छन् ।
सोमबार बिहान ३ बजेर ५५ मिनेटमा ९ जना थुनुवा शौचालयको भेन्टिलेटर तोडेर भागेका हुन् । हिरासतबाट अभास्कर कुमार यादव, रोशन कुमार मण्डल, रञ्जित मण्डल अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर र बिक्की कार्की भागेका हुन् ।
उनीहरूमध्ये ७ जना फेला परेका छन् । फरार दुईजनाको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण