नक्कली डाक्टरले २० वर्षसम्म गरे यस्तो काम...
बैंकक । थाइल्यान्डमा एउटा अचम्म खालको घटना सार्वजनिक भएको छ । बिना मेडिकल लाइसेन्स लिंग बढाउने अपरेसन गर्दै आएका ९ कक्षा मात्रै पढेका एक जना ३६ वर्षका पुरुष पक्राउ परेका छन् ।
ती पुरुष मध्य थाइल्यान्डको सामुत साखोनका कित्तिकर्न सङ्गश्री हुन् । उनी गएको हप्ता मात्रै स्टिङ अपरेसनका क्रममा पक्राउ परेका थिए । आफूले सामाजिक सञ्जालबाट विज्ञापन दिने गरेको र हरेक महिना दुई तीन जना क्लाइन्टको अपरेसन गरेर लिंग बढाइदिने गरेको उनले प्रहरीसामु स्वीकार गरेका छन् ।
तर सो कामका लागि उनीसँग कुनै मेडिकल लाइसेन्स भने थिएन । आफू १४ वर्षको हुँदै खेरी यस्तो काम सिकेको र त्यसयता लिंगमा सिलिकन इम्प्लान्टको काम गर्न थालेको उनले बताए । उनी २० वर्षदेखि यो काम गरिरहेका थिए । तर यसै क्रममा एक जना क्लाइन्टमा गम्भीर सिलिकन संक्रमण भएपछि ती रुष्ट क्लाइन्टले अधिकारीहरूलाई उजुरी गरिदिएका थिए । ती छद्मभेषी डाक्टरलाई रंगेहात समात्न अन्डरकभर एजेन्ट सम्भावित क्लाइन्ट बनेर गएका थिए ।
सङ्गश्रीले अपरेसनका लागि बोलाएपछि अधिकारीहरूको एउटा समूहले डाक्टरको क्लिनिकमा छापा मारेका थिए । त्यसपछि उनले सबै कुरा कबुल गरेका थिए । हरेक सिलिकन इम्प्लान्टका लागि उनले ५ हजार भाटदेखि २० हजार भाटसम्म शुल्क लिन्थे । उनीमाथि अनधिकृत मेडिकल क्लिनिक चलाएको र लाइसेन्स बिना मेडिकल सेवा उपलब्ध गराएको अभियोग लागेको छ । आफैँले सिकेर किशोरावस्थादेखि ती पुरुषले त्यस्तो खालको जटिल शल्यक्रिया कसरी गरे र २० वर्षसम्म यसबारे कसैले सुँइको किन पाएन भन्ने चाहिँ रहस्यकै कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार
-
सुत्नुअघि ग्लीसिरिनमा यसलाई मिसाएर अनुहारमा लगाउनुस्, हट्नेछ सबै चाउरी
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची