सिंगापुरका पूर्वमन्त्री घुस काण्डमा दोषी ठहर
मङ्गलबार, ०८ असोज २०८१, १६ : १०
सिंगापुर । सिंगापुरका पूर्वयातायातमन्त्री एस. इश्वरन घुस काण्डमा दोषी ठहर भएका छन् । स्थानीय पत्रपत्रिकाहरूमा छापिएका समाचारका अनुसार स्थानीय अदालतले ६२ वर्षका इश्वरनलाई दोषी ठहर गरेको हो ।
सिंगापुरमा सरकारी अधिकारीहरूमाथी यस्ता मुद्दा विरलै लाग्ने गरेका छन् । दोषी ठहर भएसँगै इश्वरनले अब आफूले लिएको हरेक उपहारका अभियोगका लागि २ वर्षसम्मको जेल सजाय भोग्नु पर्नेछ ।
आफ्नो कार्यकालमा उनले सिंगापुरमा फर्मुला १ ग्रयान्ड प्रिक ल्याएका थिए । सोका लागि उनले ३ लाख डलरभन्दा धेरै मूल्य पर्ने हवाई टिकट, होटलमा बसाई संगीत कन्सर्ट र ग्र्यान्ड प्रिक्सको टिकट लिएको उनको अभियोग पत्रले देखाएको छ ।
जनवरीमा अभियोग लाग्ने बित्तिकै आफू निर्दोष रहेको भन्दै इश्वरनले पद त्यागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण