प्रधानमन्त्री ओली र युएसएआईडीकी प्रमुख पावरबीच भेटवार्ता
न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआईडी) की प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीसँग मंगलबार युएसएआईडीकी प्रमुख पावरले भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरू र भावी दिनमा त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।
सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।
त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले मंगलबारै राष्ट्रसंघको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण