प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका बेला प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच मंगलबार भेटवार्ता भएको हो ।
सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।
त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए भने मंगलबारै यूएसएआईडीका प्रमुख सामन्थ पावरसँग पनि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले मंगलबारै राष्ट्रसंघको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण