भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न दूतावासको आग्रह
नयाँ दिल्ली । लेबनानमा इजरायलले हिजबुल्लाहका गढहरूमाथि निशाना बनाएर धमाधम हवाई हमला गरिरहेको छ । स्थिति अनियन्त्रित बन्दै गएपछि बेलायत लगायत देशहरूले आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेका छन् ।
सोही क्रममा भारतीय दूतावासले पनि आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीमा दूतावासले भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गरिरहेका भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ ।
‘अगस्ट १ मा जारी गरिएको एड्भाइजरीलाई जारी राख्दै र यस क्षेत्रमा हालै भएका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ ।’
बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा भनिएको छ । लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न पनि भनिएको छ । कुनै कारणले त्यहाँबाट बाहिरिन नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासमा सम्पर्कमा राख्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण