भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न दूतावासको आग्रह

नयाँ दिल्ली । लेबनानमा इजरायलले हिजबुल्लाहका गढहरूमाथि निशाना बनाएर धमाधम हवाई हमला गरिरहेको छ । स्थिति अनियन्त्रित बन्दै गएपछि बेलायत लगायत देशहरूले आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेका छन् ।
सोही क्रममा भारतीय दूतावासले पनि आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीमा दूतावासले भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गरिरहेका भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ ।
‘अगस्ट १ मा जारी गरिएको एड्भाइजरीलाई जारी राख्दै र यस क्षेत्रमा हालै भएका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ ।’
बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा भनिएको छ । लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न पनि भनिएको छ । कुनै कारणले त्यहाँबाट बाहिरिन नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासमा सम्पर्कमा राख्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली संशोधनविरूद्ध न्याय परिषद् : मुख्य रजिस्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न अन्तरिम आदेश माग
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा