विद्यार्थी संगठनलाई प्रचण्डको निर्देशन– ‘म सिंह भएर निस्केको छु, तपाईँहरू सडकको बाघ भएर निस्कनुस्’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी)लाई सडकको बाघ भएर निस्कन निर्देशन दिएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ योजना र कार्यक्रमको संकल्पसहित सडकको बाघ भएर निस्कन निर्देशन दिएका हुन् ।
‘पछिल्लो राजनीतिक अवस्था सामान्य छैन, निकै जटिल हुँदै गएको छ । प्रतिक्रियावादी शक्तिहरूले प्राप्त उपलब्धिमाथि प्रहार गरिराखेका छन् । त्यसमा विदेशी शक्तिहरूले चलखेल गरिरहेका छन् । सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमा छ’, विद्यार्थीलाई निर्देशन दिँदै उनले भने, ‘यो जटिल परिस्थितिको सामना गर्न तपाईँहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ । तपाईँ सडकको बाघ हुनुहोस् र म संसदमा सिंह भएर निस्किएको छु । तपाईँको साथ भएमा हामी जित्छौँ ।’
सरकारमा रहँदा आफूले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै कारण सत्ता छाड्नुपरेको उनले दाबी गरे ।
‘इतिहासमा यतिधेरै हाइप्रोफाइविरूद्ध कहिले कारबाही भएको थिएन । भूमाफियाविरुद्ध अभियान छेडेकै हो । सामाजिक न्यायको क्षेत्रमा अभियान चलाएकै हो । बिचौलिया, दलाल पुँजीवादीविरूद्ध जिहाद छेडेकै हो । यही कारणले हामीलाई सरकार छाड्न बाध्य पारेकै हुन्,’ उनले भने।
उनले माओवादीलाई जनतामा जान दिएकोमा कांग्रेस र एमालेलाई धन्यवाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण