जलवायु परिवर्तनका कारण नेपालले अप्रत्यासित क्षति बेहोरिरहेको छ : प्रधानमन्त्री ओली
न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले अप्रत्यासित क्षति बेहोरिरहेको बताएका छन् ।
आज संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनविरुद्ध एकीकृत पहलका लागि अब धेरै ढिला गर्न नहुनेमा जोड दिए ।
उच्च कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु परिवर्तनका कारण ठूलो असर खेपिरहेको नेपालजस्तो देशका लागि सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले जलवायु न्यायका लागि विश्व समुदायमाझ आह्वान गरे ।
'अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा उदय भएको हो । यसकाविरुद्ध विश्वव्यापी पहल कदमी हुनु आवश्यक छ । यसले कम विकसित र विकासोन्मुख देशहरूमा ठूलो असर पुर्याइरहेको छ,' उनले भने, 'नेपालको हकमा कुरा गर्दा जलवायु परिवर्तनका कारण अप्रत्यासित क्षति बेहोरिरहेका छौँ ।'
जलवायु परिवर्तनका कारण नेपालको हिमश्रृंखला निरन्तर पग्लिनेक्रम रहेको र पहाडमा सिँचाइ र पानीका मुहानहरू सुक्दै गएकोप्रति प्रधानमन्त्री ओलीले सभाको ध्यानाकर्षण गराए । 'जलवायु संकटग्रस्त देशमध्ये नेपाल २९ औँ स्थानमा पर्छ । यो जोखिम बढ्दै गइरहेको छ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण