भारतविरुद्धको दोस्रो टेस्ट : वर्षाबाट प्रभावित खेलमा बंगलादेशको सामान्य सुरुवात
काठमाडौँ । भारत र बंगलादेशबिच शुक्रबार सुरु भएको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ । टस हारी ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली बंगलादेशले तीन विकेट गुमाएर एक सय सात रन बनाएपछि वर्षाका कारण खेल रोखिएको थियो । त्यसपछि पहिलो दिनको खेल स्थगित गरिएको थियो ।
त्यसअघि पनि पटक–पटक वर्षाका कारण खेल रोकिएको थियो । वर्षाकै कारण पहिलो दिनको खेल निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । पहिलो दिन ३५ ओभरको खेलमात्र सम्भव भयो । पहिलो दिनको खेल स्थगित हुँदा बंगलादेशका लागि मोमिनुल हक अविजित ४० र मुसफिकर रहिम अविजित अविजित ६ रन बनाउँदै क्रिजमा छन् ।
बंगलादेशले पालीको निराशाजनक सुरुवात गरेको थियो । केवल २९ रनको कुल स्कोरमा बंगलादेशले आफ्ना दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर जाकिर हसन खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
अर्का ओपनर सादमन इस्लामले भने टोलीको खातामा २४ रन थपेका थिए । चौथो नम्बरका क्रिज समाल्न आएका कप्तान नजमुल होसैन सान्टो पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी ३१ रन बनाउँदै आउट भएका थिए ।
घरेलु टोली भारतका बलर आकाश दीपले दुई विकेट लिए । रविचन्द्रन आश्विनले पनि एक विकेट हात पारे । यसअघि खेलिएको पहिलो टेस्टमा भारतीय टोली दुई सय ८० रनको विशाल अन्तरले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण