समाचार
वनस्थली घटना : मोटरसाइकल भेटियो, चालक भेटिएनन्
शुक्रबार, ११ असोज २०८१, २० : १०
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा खस्दा बगाएको हो ।
मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता रहेको र खोजीकार्य जारी रहेको उनको भनाइ छ ।
मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ ।
अविरल वर्षाका कारण ढलमा पानीको बहाव तीव्र रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण