समाचार
वनस्थली घटना : मोटरसाइकल भेटियो, चालक भेटिएनन्
शुक्रबार, ११ असोज २०८१, २० : १०

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा खस्दा बगाएको हो ।
मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता रहेको र खोजीकार्य जारी रहेको उनको भनाइ छ ।
मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ ।
अविरल वर्षाका कारण ढलमा पानीको बहाव तीव्र रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार